‘पूर्ण बहादुरको सारङ्गी’ को टिजरमा छोरालाई सफल बनाउन बाबुले गरेको संघर्ष

हिमाल प्रेस १७ भदौ २०८१ १८:०८
16
SHARES
‘पूर्ण बहादुरको सारङ्गी’ को टिजरमा छोरालाई सफल बनाउन बाबुले गरेको संघर्ष

काठमाडौँ-  फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ को टिजर सार्वजनिक भएको छ। एक मिनेट ५० सेकेन्डको टिजरमा सारङ्गी बजाएर जीवन गुजारा गर्ने बाबु छोराको संघर्षकाे कथा प्रस्तुत गरेको छ।

फिल्ममा विजय बराल बाबु र प्रकाश सपूत छोराको भूमिकामा छन्। संवादभन्दा गीतको माध्यमबाट कथा बुझाउन कोशिस गरिएको टिजरमा छोरा एसएलसीमा जिल्लाकै प्रथम भएको खुसी, स्टकोट काटेर उसलाई भोटो सिलाएको, काँधमा बोकेर स्कुल पुर्याएको, सारङ्गी गाउँदै हिँडेर छोरालाई पढाएको बाबुको संघर्ष समेटिएको छ।

सेभेन सिज सिनेमा र बाँसुरी फिल्मसको प्रस्तुति रहेको सोसल-ड्रामा जनरा बनेको छ। सरोज पौडेलको लेखन तथा निर्देशनमा बनेको फिल्म आगामी कात्तिक १५ मा प्रदर्शन हुनेछ। फिलमको पटकथा तथा संवाद महेश दवाडीले लेखेका हुन्। फिल्ममा अन्य कलाकार मुकुन भुसाल, बुद्धि तामाङ, अञ्जना बराइली, माओत्से गुरुङ, देशभक्त खनाल, भोलाराज सापकोटा, विनोद न्यौपाने, अलिास बास्तोला, श्याम केसी, जानवी पौडेललगायतको अभिनय छ।

फिल्मका निर्माता विनोद पौडेल र प्रतीक सुवेदी हुन्। सिनेमाका कार्यकारी निर्मातामा रमेश चौलागाई, हरि श्रेष्ठ र रमेश ढकाल छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − five =