वन मन्त्रीमा घटुवा गरिएको भन्दै मनाङले दिए राजीनामा

हिमाल प्रेस १७ भदौ २०८१ १७:५४
34
SHARES
वन मन्त्रीमा घटुवा गरिएको भन्दै मनाङले दिए राजीनामा दीपक मनाङे। फाइल तस्बिर

पोखरा- ‘घटुवा मन्त्रालय’ दिइएको भन्दै गण्डकी प्रदेश सरकारका मन्त्री राजीव गुरुङ (दीपक मनाङे) ले राजीनामा दिएका छन्। उनले सोमबार साँझ मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेसमक्ष राजीनामा पत्र बुझाएका हुन्।

एमाले ४ मन्त्रालयसहित सरकारमा आउने भएपछि मुख्यमन्त्री पाण्डेले भागबण्डा मिलाउन मनाङेले यसअघि सम्हाल्दै आएको भौतिक पूर्वाधार मन्त्रालयबाट वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिएका थिए। सोमबार एमालेका ४ मन्त्रीको शपथ समारोहमा समेत मन्त्री गुरुङ आफूलाई घटुवा मन्त्रालय दिएको भन्दै एक्कासि समारोह छोडेर गएका थिए। उनी यसअघि तेस्रो वरियतामा थिए।

गण्डकी प्रदेशसभामा मनाङबाट दोस्रो कार्यकालका लागि पनि निर्वाचित मनाङे पटक पटक विवादमा आइरहने पात्र हुन्। उनी प्रदेशमा ६ पल्ट मन्त्री बनेर रेकर्ड बनाइसकेका छन्।

मन्त्रिपरिषद्लाई पूर्णता दिने क्रममा मनाङेलाई छैटौं वरियतामा राखिएको छ। आफूलाई विश्वासको मत दिएकोमा मुख्यमन्त्री पाण्डेले उनलाई र एकीकृत समाजवादीका फणीन्द्र देवकोटाको मन्त्री उपहार दिएका छन्। देवकोटा ऊर्जा, जलस्रोत र खानेपानी मन्त्रालयमा यथावत् रहँदा मनाङेको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय फेरिएर वनको जिमेवारी दिएपछि असन्तुष्टि पोखेका हुन्। भौतिक भौतिक एमालेबाट समानुपातिकमा निर्वाचित कास्कीका प्रकाशबहादुर केसीले पाएका छन्।

संघीय सरकारमा एमाले–कांग्रेस सत्तागठबन्धको सहमतिको ठिक २ महिनापछि गण्डकीमा नवलपुरकी पदमा जिसी श्रेष्ठको नेतृत्वमा एमाले सरकारमा गएको हो। बागलुङका कृष्णप्रसाद पाठले स्वास्थ्य र पर्वतका मित्रलाल बस्यालले उद्योग तथा पर्यटन मन्त्रालयको पद तथा गोपनीयताको शपथ लिँदै पदभार ग्रहण गरिसकेका छन्।

प्रकाशित: १७ भदौ २०८१ १७:५४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 − 3 =