काठेपुलबाट खसेर बेपत्ता भएका बुढाको शव भेटियो

हिमाल प्रेस १७ भदौ २०८१ १७:३२
10
SHARES
काठेपुलबाट खसेर बेपत्ता भएका बुढाको शव भेटियो प्रतिनिधिमूलक तस्बिर

जुम्ला- जुम्लाको पातारासी गाउँपालिका वडा नं ४ स्थित लुमको काठेपुलबाट खसेर बेपत्ता भएका हरिकृष्ण बुढाको शव भेटिएको छ। गत बुधबार उक्त पालिकाको लुममा रहेको काठेपुलबाट खसेर बेपत्ता भएका २८ वर्षीय बुढाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी उमेश चन्दले जानकारी दिए।

पुलबाट करिब १४ किलामिटर तल उर्थुमा शव भेटिएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ। गएको बुधबार बिहानै ८ बजे गाउँपालिको लासी बजारबाट तल्फी जानेक्रममा क१प १८२० नम्बरको मोटरसाइकल पुलबाट जवा नदीमा खसेको थियो।

प्रकाशित: १७ भदौ २०८१ १७:३२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × two =