नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि

हिमाल प्रेस १७ भदौ २०८१ १३:५८
6
SHARES
नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि सेयर बजार

काठमाडौँ – धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अङ्कले उकालो लागेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक एक सय २७ दशमलव ३२ अङ्कले उकालो लागेर दुई हजार आठ सय २३ दशमलव २५ मा पुगेको छ।

यस्तै ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २२ दशमलव ९४ अङ्ले उकालो लागेर पाँच सय तीन दशमलव ८३ मा पुगेको छ। कूल तीन करोड १४ लाख ३० हजार ४८ कित्ता शेयर रु १३ अर्ब १० करोड ४६ लाख ३१ हजार आठ सय दुईमा कारोबार भयो।

नेप्सेका अनुसार, नेशनल हाइड्रोपावर, वेस्ट फाइनान्स, समृद्धि फाइनान्स, प्रोगे्रसिभ फाइनान्स र एनएलजी इन्स्योरेन्स कम्पनीको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ। लक्ष्मी उन्नति कोष चार दशमलव ७१, माईखोला हाइड्रोपावर तीन दशमलव ५९, एनआइसी एसिया फ्लेक्स एक दशमलव ८७, सनराइज फोकस्ड इक्विटी फण्ड एक दशमलव ८१ र सामुदायिक लघुवित्तका लगानीकर्ताले एक दशमलव ६१ प्रतिशतले गुमाएका छन्।

प्रकाशित: १७ भदौ २०८१ १३:५८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + twelve =