पर्यटन नीति परिमार्जनको प्रक्रियामा छ : मन्त्री पाण्डे

हिमाल प्रेस १७ भदौ २०८१ १२:२३
8
SHARES
पर्यटन नीति परिमार्जनको प्रक्रियामा छ : मन्त्री पाण्डे पर्यटनमन्त्री बद्री पाण्डे

काठमाडौँ- संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले पर्यटन नीति परिमार्जनको तयारी भइरहेको बताएका छन्।

सोमबार ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)को ४६औँ वार्षिक साधारणसभा उद्घाटन गर्दै मन्त्री पाण्डेले पर्यटन क्षेत्रमा देखिएका समस्या समाधानका लागि नीति परिमार्जनको प्रक्रियामा रहेको जानकारी दिए।

त्यस्तै, उनले संस्कृति नीति, हवाइ नीति पनि परिमार्जनको प्रक्रियामा रहेको उल्लेख गरे। देशको नागरिक उड्डयनको क्षेत्रलाई सुधार गर्नका लागि नियमक निकाय र सेवा प्रदायकलाई फरक बनाउनका लागि आवश्यक कानुन टुंग्याउने क्रममा रहेको बताए।

नले नागरिक उड्डयनको क्षेत्र सुधार नभएसम्म पर्याप्त पर्यटन भित्राउन नसकिने धारणा राखे। मन्त्री पाण्डेले लुम्बिनीको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण र उडानका लागि अन्तर्राष्ट्रिय हवाई सेवा प्रदायकसँग आग्रह गरिरहेको जिकिर गरे। नागरिक उड्डयन क्षेत्रमा देखिएको चुनौतीको समाधान गर्न निजी क्षेत्रको सार्थक हस्तक्षेप गर्नुपर्नेमा उनले जोड दिए।

प्रकाशित: १७ भदौ २०८१ १२:२३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × five =