गण्डकी प्रदेशमा एमालेका ४ मन्त्रीले लिए शपथ

हिमाल प्रेस १७ भदौ २०८१ १५:२६
18
SHARES
गण्डकी प्रदेशमा एमालेका ४ मन्त्रीले लिए शपथ

पोखरा- गण्डकी प्रदेशमा नेकपा एमालेबाट ४ जना मन्त्रीहरू नियुक्त भएका छन्। मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले कास्कीका प्रकाशबहादुर केसी, नवलपुरकी पद्मा जिसी (श्रेष्ठ), बागलुङका कृष्ण पाठक र पर्वतका मित्रलाल बस्याललाई सोमबार मन्त्री नियुक्त गर्दै मन्त्रिपरिषद्लाई पूर्णता दिएका हुन्। उनीहरूको नेपाल पर्यटन बोर्डमा आयोजित समारोहमा पद तथा गोपनीयताको शपथ ग्रहणसमेत भयो।

उनीहरूलाई प्रदेश प्रदेश डिल्लीराज भट्टले मुख्यमन्त्रीको उपस्थितिमा पद तथा गोपनीयताको शपथ खुवाएका हुन्। संघीय सरकारमा एमाले–कांग्रेसबीच सत्तागठबन्धनमा सहमतिको ठिक २ महिनापछि बल्ल गण्डकीमा सरकारको पुनर्गठन भएको हो। साविक ७ मन्त्रालय रहेकोमा आइतबार मन्त्रिपरिषद्को बैठकले मन्त्रालय फुटाएर ९ बनाउने निर्णय गरेको थियो। यसअघिको एमाले कांग्रेस सहमतिबमोजिम एमालेले ४ मन्त्रालय र कांग्रेसले ५ मन्त्रालय लिने भागबण्डा गरेका हुन्।

नवलपरासीकी पद्मा जिसी नेतृत्वमा सरकारमा गएको एमालेभित्र असन्तुष्ट भने कायमै छ। निवर्तमान मुख्यमन्त्री एवं एमाले संसदीय दलका नेता खगराज अधिकारीनिकटबाट ३ र एमाले उपमहासचिव पृथ्वीसुव्वा गुरुङ निकटबाट १ जना मन्त्री बनेका हुन्। यस विषयमा पृथ्वीसुव्वा पंक्ति असन्तुष्ट छ।

पद्मालाई कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिइएको छ। पोखराका प्रकाशले भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय, बागलुङ कृष्ण पाठकलाई स्वास्थ्य मन्त्रालय र पर्वतका मित्रलाल बस्याललाई भने उद्योग तथा पर्यटन मन्त्रालयको जिम्मेवारी दिइएको हो।

यसअघि, भौतिक पूर्वाधारमन्त्री रहेका स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) लाई वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी प्रदान गरिएको छ। शपथ समारोहमा एमाले कार्यकर्ता एवं शुभचिन्तकको ठूलो भिड लागेको थियो।

यस्तो बन्यो गण्डकीको मन्त्रिपरिषद्‍

प्रकाशित: १७ भदौ २०८१ १५:२६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + 4 =