ललिता निवास  जग्गा प्रकरण : पूर्वमन्त्री जोशीसँग तीनलाख ३० हजार धरौटी मागियो 

हिमाल प्रेस १७ भदौ २०८१ १४:२०
22
SHARES
ललिता निवास  जग्गा प्रकरण : पूर्वमन्त्री जोशीसँग तीनलाख ३० हजार धरौटी मागियो  चन्द्रदेव जोशी

काठमाडौँ- ललिता निवास जग्गा प्रकरणमा पूर्वमन्त्री चन्द्रदेव जोशीलाई तीनलाख ३० हजार धरौटी रकम माग गरिएको छ। काठमाडौँ जिल्ला अदालतले जोशीलाई धरौटीमा रिहा गर्ने आदेश गरेको हो। तर उनलाई यसअघि नै विशेष अदालतले भने सफाइ दिइसकेको छ। जोशीमाथि २०६८ सालमा पशुपति टिकिन्छा गुठीको जग्गा व्यक्तिका नाममा दर्ता गर्ने प्रस्ताव मन्त्रिपरिषद्‌मा लगेर किर्ते काम गरेको अभियोग लगाइएको छ।

नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले यस प्रकरणमा ३१२ जनाविरुद्ध अनुसन्धान गरेपछि जिल्ला अदालतमा मुद्दा दायर भएको थियो। सोही मुद्दामा धरौटी लिई रिहा गर्ने आदेश भएको हो। जोशी यो मुद्दामा फरार सूचीमा थिए। आइतबार भने उनी आफैँ अदालत उपस्थित भएका थिए।

न्यायाधीश श्यामविहारी मौर्यको इजलासले उनीसँग धरौटी लिन आदेश दिएको हो। अदालतको आदेशपछि जोशी धरौटी बुझाएर घर फर्किएको काठमाडौँ जिल्ला अदालतका स्रेस्तेदार रामु शर्माले जानकारी दिए। ‘फरार सूचीमा रहनु भएका उहाँ आफैँ आइतबार अदालत उपस्थित हुनु भयो,’ उनले भने, ‘अदालतले धरौटी लिएर रिहा गर्न आदेश दिएपछि उहाँले धरौटीमा तोकिएको रकम पनि बुझाइसक्नु भएको छ।’

प्रकाशित: १७ भदौ २०८१ १४:२०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + 15 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast