काठमाडौँ- नेकपा एमालेबाट मन्त्री हुने चार सांसदको मन्त्रालय तोकिएको छ।
आज नियुक्त हुने प्रकाश केसी भौतिक पूर्वाधार, पद्मा जीसी कृषि, कृष्ण पाठक स्वास्थ्य र मित्रलाल बस्याल उद्योग पर्यटन मन्त्री हुने भएका छन्। आज दिउँसो १ ;३० बजे शपथ तोकिएको छ। मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको नेतृत्वमा एमाले सरकारमा जान लागेको हो। एमालेबाट पद्मा जीसीले दलको नेतृत्व गर्नेछिन्।
प्रकाशित: १७ भदौ २०८१ १२:४०
प्रतिक्रिया