एकीकृत समाजवादीद्वारा उपनिर्वाचन परिचालन कमिटी गठन

हिमाल प्रेस १७ भदौ २०८१ ११:३२
8
SHARES
एकीकृत समाजवादीद्वारा उपनिर्वाचन परिचालन कमिटी गठन

काठमाडौँ- नेकपा एकीकृत समाजवादीले वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेको संयोजकत्वमा उपनिर्वाचन परिचालन कमिटी गठन गरेको छ।

स्थानीय तहमा रिक्त रहेका स्थानमा आगामी मंसिरमा हुने उपनिर्वाचनका लागि पार्टीले भूगोललाई केन्द्रित गरेर उपनिर्वाचन परिचालन कमिटी गठन गरेको पोलिटब्युरो सदस्य मोहन गौतमले जानकारी दिए। आसन्न उपनिर्वाचन लक्षित उक्त कमिटीमा पार्टीका उपाध्यक्ष, उपमहासचिव, सचिव हुन्।

कोशी प्रदेशको संयोजकमा उपाध्यक्ष जगन्नाथ खतिवडा, मधेसको संयोजकमा धर्मनाथप्रसाद साह, बागमतीको संयोजकमा डा गंगालाल लुलाधर, गण्डकीको संयोजकमा पार्टी सचिव श्रीनाथ बराल, लुम्बिनीको संयोजकमा उपमहासचिव मेटमणि चौधरी, कर्णालीको संयोजकमा पार्टी उपाध्यक्ष प्रकाश ज्वाला र सुदूरपश्चिम प्रदेशको संयोजकमा भानुभक्त जोशीलाई जिम्मेवारी तोकिएको छ।

पार्टीका विभिन्न विभाग, इन्चार्जसहितका विभिन्न नेतालाई जिम्मेवारी छिट्टै तोकिने जनाइएको छ।

प्रकाशित: १७ भदौ २०८१ ११:३२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × one =