काठमाडौँ- गण्डकी सरकारमा एमाले सहभागी हुने भएको छ। आज एमालेबाट पद्मा जिसी श्रेष्ठ, मित्रलाल बस्याल, कृष्ण पाठक, प्रकाश केसी मन्त्री बन्ने लगभग निश्चित भएको हो।
एमाले स्रोतका अनुसार यी मध्ये ३ मन्त्रीको नाम फाइनल भएको हो। अन्तिममा भागबन्डा मिलाउन मित्रलालको ठाउँमा सुधिरकुमार पौडेल आउने सम्भावना छ। तर एमालेले यही नाममा सहमति भएको दाबी गरेको छ।
मुख्यमन्त्री कार्यालयका अनुसार आज दिउँसो १ बजे उनीहरूको शपथ छ। पदमा जिसी श्रेष्ठ (नवलपुर), मित्रलाल बस्याल (पर्वत), कृष्ण पाठक (बाग्लुङ), प्रकाश केसी (कास्की)का हुन्। जिसी र बस्याल प्रत्यक्ष निर्वाचित सांसद हुन् भने पाठक र केसी समानुपातिक सांसद हुन्।
प्रकाशित: १७ भदौ २०८१ ९:४८
प्रतिक्रिया