जनस्तरको पहलमा हिरासत भवन निर्माण

हिमाल प्रेस १७ भदौ २०८१ ७:१९
4
SHARES
जनस्तरको पहलमा हिरासत भवन निर्माण

सुनसरी- जनस्तरको पहलमा धरान उपमहानगरपालिका–१८ स्थित इलाका प्रहरी कार्यालयमा हिरासत भवन निर्माण गरिएको छ। इलाका प्रहरी कार्यलय धरानको पुरानो हिरासत भवन साँघुरो हुँदा थुनुवा राख्नै समस्या भएको थियो। नयाँ हिरासत भवन निर्माण भएपछि उक्त समस्या समाधान भएको इलाका प्रहकारी कार्यालयले जनाएको छ।

उक्त भवन दुई करोड नौ लाख २६ हजार १२ मा निर्माण भएको भवन निर्माण समितिका कोषाध्यक्ष सविता राईले जानकारी दिए। कोशी प्रदेश सरकारबाट ५० लाख, धरान उपमहानगरपालिकाबाट २३ लाख र प्रतिनिधि सभाका पूर्वसांसद् जयकुमार राईको सांसद् विकास कोषबाट रु १० लाख, धरान युके समाजको रु १० लाख र देश विदेशमा रहेका विभिन्न संघसंस्था र दाताहरुबाट प्राप्त रकम थप गरी हिरासत भवन निर्माण गरिएको कोषाध्यक्ष राईले बताए।

दुई तलाको हिरासत भवनमा आठ वटा कोठा छन् । ती कोठामा दुई सय भन्दा बढी थुनुवा राख्न सक्ने क्षमता छ । उक्त हिरासत भवन प्रदेशकै सुविधा सम्पन्न एवं नमूना बनेको भवन निर्माण समितिका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका पुर्व प्रमुख मिनबहादुर सुब्बाले बताए।

उनका अनुसार भविष्यमा पाँच तलासम्मको भवन बनाउन सकिने गरि डिजाइन भएको र त्यही अनुसार जग निर्माण गरिएको छ। उनले भने, ‘२०७५ सालबाटै समिति बनाएर जनस्तरबाट बजेट जुटाउन सुरु गरिएको थियो हाल आएर निर्माण सम्पन्न भएको छ।’

भवन २०७५ सालमा प्रदेश सरकारको तत्कालीन आन्तरिक मामिलामन्त्री हिक्मतकुमार कार्कीले शिलान्यास गरेका थिए। हाल उनी आफैँ मुख्यमन्त्री हुँदा शनिबार भवनको उद्घाटन गरेका थिए। सोही कार्यक्रममा इलाका प्रहरी कार्यालय हिरासत भवनको चाँबी प्रहरी नायब उपरीक्षक प्रकाश जवेगुलाई भवन निर्माण समितिका अध्यक्ष मिनबहादुर सुब्बाले हस्तान्तरण गरेका थिए।

प्रकाशित: १७ भदौ २०८१ ७:१९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − sixteen =