कति छ आज विदेशी मुद्राको विनिमय दर?

हिमाल प्रेस १७ भदौ २०८१ ६:३६
8
SHARES
कति छ आज विदेशी मुद्राको विनिमय दर?

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आज (सोमबार)का लागि विदेशी मुद्राहरुको विनियमदर सार्वजनिक गरेको छ। आज अस्ट्रेलियन डलर, युरो, पाउन्ड, बहराइन दिनारसहित धेरैजसो विदेशी मुद्राको मूल्य घटेको छ। अमेरिकी डलरको मूल्य भने यथावत छ भने बहराइन दिनारको मूल्य थोरै बढेको छ।

राष्ट्र बैंकका अनुसार आजको लागि अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ ८९ पैसा र बिक्रीदर १३४ रुपैयाँ ४९ पैसा निर्धारण भएको छ। हिजो र अस्ती पनि अमेरिकी डलर यही मूल्यमा कारोबार भएको थियो।

त्यसैगरी आजको लागि युरोपियन युरो १ को खरिदर १४७ रुपैयाँ ९१ पैसा र बिक्रीदर १४८ रुपैयाँ ५८ पैसा निर्धारण भएको छ। हिजो युरोपियन युरो १ को खरिदर १४८ रुपैयाँ ३९ पैसा र बिक्रीदर १४९ रुपैयाँ ०६ पैसा थियो। आजको लागि बेलायती पाउन्ड १ को खरिददर १७५ रुपैयाँ ८० पैसा र बिक्रीदर १७६ रुपैयाँ ५९ पैसा निर्धारण भएको छ। हिजो बेलायती पाउन्ड १ को खरिददर १७६ रुपैयाँ ४५ पैसा र बिक्रीदर १७७ रुपैयाँ २४ पैसा थियो।

त्यसैगरी आजको लागि अस्ट्रेलियन डलर १ को खरिददर ९० रुपैयाँ ५७ पैसा र बिक्रीदर ९० रुपैयाँ ९८ पैसा निर्धारण भएको छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर ९१ रुपैयाँ ०१ पैसा र बिक्रीदर ९१ रुपैयाँ ४२ पैसा थियो।

आजको लागि कुवेती दिनार १ को खरिददर ४३८ रुपैयाँ ८४ र बिक्रीदर ४४० रुपैयाँ ८१ पैसा निर्धारण भएको छ। हिजो कुवेती दिनार १ को खरिददर ४३८ रुपैयाँ ३३ र बिक्रीदर ४४० रुपैयाँ २९ पैसा थियो।त्यसैगरी आजको लागि बहराइन दिनारको खरिददर ३५५ रुपैयाँ १९ पैसा र बिक्रीदर ३५६ रुपैयाँ ७८ पैसा निर्धारण भएको छ। हिजो बहराइन दिनारको खरिददर ३५५ रुपैयाँ २१ पैसा र बिक्रीदर ३५६ रुपैयाँ ८० पैसा थियो।

प्रकाशित: १७ भदौ २०८१ ६:३६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − eleven =