काठमाडौैँ– भारतको पश्चिमी राज्य महाराष्ट्रको एउटा विमानस्थलमा बमको धम्की दिएपछि एउटा उडानलाई डाइभर्ट गरेको अधिकारीहरूले बताएका छन्।
मध्यप्रदेशको जबलपुरबाट तेलंगनाको हैदराबादका लागि उडेको इन्डिगोको विमानलाई विमानभित्र बम भएको धम्की देखिएपछि महाराष्ट्रको नागपुरतर्फ डाइभर्ट गरिएको थियो।
अधिकारीहरूका अनुसार सबै यात्रु र चालक दलका साथै अवतरण गरिएको विमानको विस्तृत जाँच गरिएको थियो। टोलीले विमान भित्र कुनै शंकास्पद वस्तु फेला पारेन ।
उक्त घटना दिल्लीलगायत देशका विद्यालय, एयरपोर्ट, सपिङ मल्ल र अस्पतालहरूमा पठाइएको बम धम्कीहरूको श्रृङ्खलामध्ये सबैभन्दा नयाँ रहेको छ।
गत जुनमा, भारतको नागरिक उड्डयन सुरक्षा निकाय, नागरिक उड्डयन सुरक्षा ब्यूरोले यस्तो धम्की दिनेहरूलाई पाँच वर्षको उडान प्रतिबन्धको प्रस्ताव गरेको थियो।