अब छिट्टै शिक्षा ऐन ल्याउँछौँ : शिक्षामन्त्री भट्टराई

हिमाल प्रेस १६ भदौ २०८१ २१:४१
1.2k
SHARES
अब छिट्टै शिक्षा ऐन ल्याउँछौँ : शिक्षामन्त्री भट्टराई शिक्षामन्त्री विद्या भट्टराई । फाइल तस्बिर

कास्की- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्यादेवी भट्टराईले सामुदायिक विद्यालयले प्रदान गर्दै आएको शिक्षालाई थप गुणस्तरीय बनाउन अब छिट्टै विद्यालय शिक्षा ऐन पारित गरी अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेकी छन्।

पोखरा–३३ कालिकास्थानस्थित सरस्वती टीका माध्यमिक विद्यालयको ६२औँ वार्षिकोत्सव तथा छात्रवृत्ति वितरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले सामुदायिक विद्यालय सुधारका लागि ल्याउन लागिएको ऐनमा संसद्मा छलफल भइरहेको बताइन्।

मन्त्री भट्टराईले विभिन्न चुनौतीको सामना गर्दै अगाडि बढेका सामुदायिक विद्यालयलाई थप व्यवस्थित र गुणस्तरीय शिक्षा प्रदान गर्न सक्ने थलोका रूपमा विकास गर्न आफूले विद्यालय शिक्षा ऐन ल्याउन मस्यौदा तयार गर्न लागेको जानकारी समेत दिइन्।

केही सामुदायिक विद्यालयले माध्यामिक शिक्षा परीक्षा (एसईई) तथा उच्च माविको परीक्षामा उत्कृष्ट अंक ल्याई सफलता प्राप्त गरेको, पछिल्लो समय अभिभावकमा पनि सामुदायिक विद्यालयप्रतिको विश्वास बढ्दै गएको उल्लेख गरिन्। उनले यो अवस्थामा थप सुधार ल्याउन जरुरी रहेको धारणा राखिन्।

प्राविधिक शिक्षाका साथै पाठ्यक्रम र सिकाइको स्तर वृद्धि गरी अनलाइन प्रणालीमार्फत पढाइलाई विकास गर्न जरुरी रहेको उनको भनाइ थियो।

प्रकाशित: १६ भदौ २०८१ २१:४१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + eleven =