माओवादीको सर्कुलर : जनार्दन शर्माले पार्टी विभाजन गर्न लागेको चर्चा झुटो हो

हिमाल प्रेस १६ भदौ २०८१ १७:३९
12
SHARES
माओवादीको सर्कुलर : जनार्दन शर्माले पार्टी विभाजन गर्न लागेको चर्चा झुटो हो माओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र उपमहासचिव जनार्दन शर्मा।

काठमाडौँ- नेकपा (माओवादी केन्द्रले) उपमहासचिव जनार्दन शर्माले पार्टी विभाजन गर्न लागेको भन्ने चर्चाप्रति फेरि पनि सर्कुलर जारी गरेको छ। माओवादीका अध्यक्ष पुष्पकमल दाहाल र महासचिव देव गुरुङले हस्ताक्षर गरेको सर्कुलरमा शर्माले पार्टी विभाजन गर्न लागेको विषयमा सत्यता नरहेको स्थायी कमिटी बैठकमा स्पष्ट पारिसकेको बताएका हुन्।

‘पछिल्लो समय कतिपय सन्दर्भमा हाम्रो पार्टी विभाजन हुँदै छ भनी जसरी चर्चा परिचर्चा चलिरहेको र त्यसमा पनि उपमहासचिव कमरेड जनार्दन शर्मा ‘प्रभाकर’ले पार्टी फुटाउँदै छ भन्ने प्रचारमा कुनै सत्यता नरहेको विषय स्पष्ट पार्नुभयो,’ सर्कुलरमा यस विषयलाई विशेष जोड दिए उल्लेख गरिएको छ, ‘साथै हाम्रो पार्टी एकताबद्ध रहेको र रहिरहने विश्वास व्यक्त गर्दै बैठकको समापन गर्नुभयो।’

साताव्यापीरूपमा चलेको माओवादीको स्थायी कमिटी बैठकमा शर्माले प्रस्तुत गरेको प्रस्तावले तरंग पैदा गरेको थियो। जसमा पार्टी नेतृत्वले नै शर्माले पार्टी फुटाउन लागेको प्रचार गरेको उल्लेख थियो। त्यसबारे बैठकमा जनार्दन प्रस्ट पारेका थिए।

बैठकलगत्तै एक सर्कुलर जारी गरिएको थियो। अहिले माओवादीले फेरि अर्को सर्कुलर पठाएको हो। यस अध्यक्ष दाहालले देशका विभिन्न क्षेत्रमा भएका कार्यक्रममा पनि स्पष्टीकरण दिइरहेका छन्।

प्रकाशित: १६ भदौ २०८१ १७:३९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven − 1 =