रास्वपामा महामन्त्रीकै हैसियतमा काम गर्न पाउँ भन्दै मुकुल ढकालले दिए पुनरावेदन

हिमाल प्रेस १६ भदौ २०८१ १५:४४
16
SHARES
रास्वपामा महामन्त्रीकै हैसियतमा काम गर्न पाउँ भन्दै मुकुल ढकालले दिए पुनरावेदन मुकुल ढकाल। फाइल तस्बिर।

काठमाडाैँ- राष्ट्रिय स्वतन्त्र पार्टीका पूर्वमहामन्त्री तथा प्रवक्ता मुकुल ढकालले फेरि त्यही हैसियतमा काम गर्न पाउँ भन्दै पार्टीमा पुनरावेदन गरेका छन्।

रास्वपाले ढकाल पार्टीको मर्यादाविपरीत गएको भन्दै भदाै ११ गते साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासन गरेको थियाे। उनलाई दुई पटकसम्म स्पष्टीकरण सोधेर पार्टीबाट निष्कासन गरिएको हाे। स्पष्टीकरण साेध्नुअघि महामन्त्री एवं प्रवक्ताको जिम्मेवारीबाट उनलाई हटाइएको थियो।

पार्टीले त्यसरी निष्कासन गरेपछि आफू रवि लामिछानेको क्लबबाट निष्कासित भएको टिप्पणी गरेका ढकाल आइतबार पार्टीले विधानविपरीत कारबाही गरेकाे भन्दै पार्टीको पुनरावेदन समितिमा निवेदन दिएका हुन्।

ढकालले महामन्त्री पदबाट पदमुक्त गरिएको आइतबार ३५ ‌औँ दिन पुगेकाे र त्यसैकाे पुनरावेदन गरेकाे बताएका छन्।

प्रकाशित: १६ भदौ २०८१ १५:४४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × five =