दमौली आउँदै गरेको जिप दुर्घटना, छ घाइते

हिमाल प्रेस १६ भदौ २०८१ १३:३८
28
SHARES
दमौली आउँदै गरेको जिप दुर्घटना, छ घाइते

दमौली (तनहुँ)- ऋषिङ गाउँपालिका–१ झापुटारमा आज बिहान भएको जिप दुर्घटनामा छ जना घाइते भएका छन्।

भिरकोटबाट दमौलीतर्फ आउँदै गरेको बा १३ च २४५६ नम्बरको जिप सडकछेउको नालामा खस्दा छ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। दुर्घटनामा मानवीय क्षति नभएको र घाइतेको अवस्था सामान्य रहेको प्रहरीको भनाइ छ।

प्रकाशित: १६ भदौ २०८१ १३:३८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − fourteen =