जुम्लाको गुठीचौरमा प्याराग्लाइडिङ महोत्सव हुँदै

हिमाल प्रेस १६ भदौ २०८१ १२:३२
10
SHARES
जुम्लाको गुठीचौरमा प्याराग्लाइडिङ महोत्सव हुँदै फाइल तस्बिर

जुम्ला- जुम्लाको गुठीचौर गाउँपालिकाको गुठीचौर उपत्यकामा प्याराग्लाइडिङ महोत्सवको आयोजना हुने भएको छ। गुठीचौरको पर्यटन प्रवर्द्धनको उद्देश्यले यही भदौ २५ देखि ३० गतेसम्म प्याराग्लाइडिङ महोत्सव आयोजना गर्न लागिएको गाउँपालिकाका अध्यक्ष दानबहादुर बुढाले जानकारी दिए।

उनका अनुसार यसअघि प्याराग्लाइडिङको सफल परीक्षण भइसकेको छ। गुठीचौरको प्रचारप्रसार र पर्यटकीय गतिविधि बढाउनका लागि पालिकाले महोत्सव गर्न लागेको अध्यक्ष बुढाले बताउनुभयो। महोत्सवमा खुला पुरुष भलिबल प्रतियोगिता र खुला महिला देउडा प्रतियोगिता पनि आयोजना गर्न लागिएको छ।

आँखा शिविर सञ्चालन हुँदै

जुम्लामा निःशुल्क आँखा शिविर सञ्चालन हुने भएको छ। चिकित्सक डा सन्दुक रुइतको उपस्थितिमा आँखा शिविर सञ्चालन हुनलागेको हो। यहाँको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको आँखा विभाग र तिलगङ्गा आँखा अस्पतालको संयुक्त आयोजनामा शिविर सञ्चालन हुने प्रतिष्ठानका अस्पताल निर्देशक डा पुजन रोकायाले जानकारी दिए।

यही भदौ १६ गते पातारासीको डिल्लीचौर स्वास्थ्यचौकी, १७ गते गुठीचौरको गोठीगाउँ आधारभूत स्वास्थ्य केन्द्र, १९ गते तातोपानी गउँपालिकाको ताम्ती स्वास्थ्यचौकी लामाबगर र भदौ २० गते सिंजाको नराकोट स्वास्थ्यचौकीमा आँखा शिविर सञ्चालन हुने भएको छ।

शिविरबाट छनोट भएका आँखाका बिरामीको मोतियाविन्दुको शल्यक्रिया आँखा चिकित्सक डा सन्दुक रुइतबाट प्रतिष्ठानमा गरिने अस्पतालका निर्देशक डा रोकायाले बताए। प्रतिष्ठानमा आँखा विभागको उद्घाटनसहित मोतियाविन्दुको निःशुल्क शल्यक्रिया गरिने प्रतिष्ठानका आँखा विभाग प्रमुख डा विश्व तिमिल्सिनाको भनाइ छ।

प्रकाशित: १६ भदौ २०८१ १२:३२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + 14 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast