‘देवी’ को गीत ‘सेलाइदेउ खोलामा’

हिमाल प्रेस १६ भदौ २०८१ ११:३१
8
SHARES
‘देवी’ को गीत ‘सेलाइदेउ खोलामा’

काठमाडौँ- फिल्म ‘देवी’ को ‘सेलाइदेउ खोलामा’ बोलको अडियो गीत सार्वजनिक भएको छ। सज्जा चौलागाईं र समीक्षा अधिकारीको स्वर रहेको गीतमा सुष्मा सिग्देलको शब्द छ। गीतमा बाल गायिका अभानी अर्याल र शिक्षा लिम्बुले पनि स्वर दिएका छन्। सुशान्त गौतमले संगीत निर्देशन गरेका छन्।

क्राइम थ्रिलर जनरामा निर्माण भएको फिल्मका निर्देशक सञ्जोग राई हुन् । फिल्मको कथा लेखनमा निर्देशक राई र अजय गौतमले सहकार्य गरेका छन्।

नेपालसहित विदेशमा पनि एकसाथ भदौ २१ मा प्रदर्शन हुनेछ। शिल्पा मास्के, नाजिर हुसेन र गौरव पहारी मुख्य भूमिका रहेको फिल्ममा टीका पहारी, प्रभाकर न्यौपाने, ध्रुव कोइराला, निरीक्षा घतानी, विशाल पहारी, निरु खड्का, जीवन जंग खड्का र विकास पन्त सहाक भूमिकामा छन्।

रेमन गुरुङ र सञ्जोग राईले निर्माण गरेको फिल्मका कार्यकारी निर्माता जावेद खान हुन्। सह– निर्मातामा शिल्पा मास्के, उजेन नोर्वे गुरुङ, नारायण गुरुङ र मिलन लामा छन्।

प्रकाशित: १६ भदौ २०८१ ११:३१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 5 =