हालान्डको लगातारको ह्याट्रिक, सिटीको लगातारको जित

हिमाल प्रेस १६ भदौ २०८१ ७:१५
12
SHARES
हालान्डको लगातारको ह्याट्रिक, सिटीको लगातारको जित

काठमाडौँ- साविक विजेता म्यानचेष्टर सिटीले इंग्लिस प्रिमियर लिगमा एर्लिङ हालान्डले लगातार ह्याट्रिक प्रहार गरेका छन्। उनको ह्याट्रिकमा म्यान्चेस्टर सिटीले लगातार जित दर्ता गरेको छ।

लन्डन स्टेडियममा शनिबार राति भएको खेलमा सिटीले वेष्ट ह्याम युनाइटेडलाई ३–१ गोल अन्तरले पाखा लगाएको हो। जारी सिजनमा हालान्डले लगातार दोस्रो खेलमा ह्याट्रिक पूरा गर्दै उत्कृष्ट लयलाई कायम राखेका छन्।

हालान्डले पहिलो हाफमा दुई तथा दोस्रो हाफमा १ गोल गरे। पहिलो हाफको दसौँ मिनेटमा गोल गर्दै हालान्डले सिटीलाई सुरुवाती अग्रता दिलाएका थिए। तर १९ औँ मिनेटमा रुवेन डायसले आत्मघाति गोल गरेपछि वेष्ट ह्याम बराबरीमा आएको थियो।

खेलको ३० औँ मिनेटमा हालान्डले व्यक्तीगत दोस्रो गोल गर्दै सिटीलाई पुनः अग्रता दिलाए। खेलको ८३ औँ मिनेटमा सिटीको अग्रता अझ फराकिलो पार्दा हालान्डले ह्याट्रिक पूरा गरे। लिगमा लगातार तेस्रो जित निकालेको सिटी ९ अंकमा तालिकाको शीर्ष स्थानमा छ।

गएराति नै भएको खेलमा ब्रेनफोर्डले साउथहेप्टनलाई ३–१ गोल अन्तरले नै हराएको छ। अर्को खेलमा एष्टोन भिल्लाले लेष्टर सिटीलाई २–१ ले पाखा लगायो। आर्सनलले भने ब्राइटनसँग, इप्सिविच टाउनले फुलहामसँग र नटिङ्घम फरेष्टले वुल्भ्ससँग बराबरी खेल्दै अंक बाँडे।

प्रकाशित: १६ भदौ २०८१ ७:१५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 3 =