७० हजार साइकल पूरा भएको बुद्धको जहाज अब उडाउन नमिल्ने, बुद्ध एयरले विदाई गर्ने

हिमाल प्रेस २५ भदौ २०८१ ७:१७ | Tuesday, September 10, 2024
७० हजार साइकल पूरा भएको बुद्धको जहाज अब उडाउन नमिल्ने, बुद्ध एयरले विदाई गर्ने फाइल तस्बिर

काठमाडौँ- बुद्ध एयरले ७० हजार उडान साइकलपछि (एन एआइएन) कल साइन रहेको जहाजलाई आज विदाई (फेयरवेल) गर्न लागेको छ। उक्त आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदाई गर्ने कार्यक्रम रहेको छ। ७० हजार उडान साइकल पूरा गरेको यो जहाज अब उडाउन मिल्दैन।

जहाजले ७० हजार उडान साइकल पूरा गरी विदाई हुन लागेको नेपालको आन्तरिक उडानमा यो पहिलो पटक हो भने एटीआरकै इतिहासमा पनि पहिलोपटक जहाज डिकम्पोज गर्न लागिएको हो।

यसमा सहभागी हुनका लागि एटीआर सिंगापुरका प्रतिनिधिहरू समेत आएको बुद्ध एयरका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतले बताए। १६ वर्ष नेपाली आकाशमा उड्दा जहाजले १८ लाख यात्रु बोकेको रेकर्ड छ।

बुद्ध एयरले सन् २००८ मा यो जहाज भित्र्याएको थियो। ७० हजार साइकल पूरा गरेको भनेको एक पटकको टेक अफ र ल्यान्डिङ गणना हो।

जहाज ७० हजार पटक टेकअफ र ल्यान्ड गरेको छ। एटीआरको ७२ सिटे यो जहाज डिकम्पोज पश्चात विमानस्थलमै फायर ड्रिलका लागि दिने या के गर्ने भन्ने टुंगो भैसकेको छैन ।यस अघि टर्किस एयरको जहाज रनवेबाट स्कीड भएर दुर्घटना भएको जहाजको बडी लिएर क्याप्टेन वेद उप्रेतीले एभिएसन म्युजियम निर्माण गरेका छन्।

जहाजको वडीलाई विभिन्न प्रयोजनका लागि उपयोग गरिँदै आएको पनि छ। कतिपयले त्यसमा रेष्टुरेन्ट निर्माण गर्नका लागि पनि प्रयोग गरेको देखिन्छ। साथै एभिएसन स्कुलहरूले पनि यस्ता जहाज माग गर्ने गरेका छन्।

प्रकाशित: २५ भदौ २०८१ ७:१७ | Tuesday, September 10, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast