हुम्लामा पहिरोका कारण विद्यार्थी विद्यालय जान पाएनन्

हिमाल प्रेस ३० भदौ २०८१ ९:५४ | Sunday, September 15, 2024
हुम्लामा पहिरोका कारण विद्यार्थी विद्यालय जान पाएनन् प्रतिनिधिमूलक तस्बिर।

हुम्ला- सिमकोट गाउँपालिका–८ साँता गाउँमा रहेको बलभद्र निम्न माध्यामिक विद्यालय दुई दिनदेखि बन्द भएको छ। निरन्तर वर्षा भएर विद्यालय जाने साँता गाउँ नजिकको बाटोमा पहिरो आएपछि विद्यार्थीलाई विद्यालयन जान समस्या भएको हो।

बाटो भत्किँदा सिमकोट–८ याङ्गु गाउँका विद्यार्थी दुई दिनदेखि विद्यालय जान नपाएका हुन्। भारी वर्षा भएर बिहीबार र बुधबार दुई दिन विद्यार्थी विद्यालय जान नपाएको बलभद्र निमाविका शिक्षक पेमाथुकेत तामाङको भनाइ छ। याङ्गुबाट विद्यालय जानेबीच क्षेत्रको बाटो भत्किएको हो।

आवतजावत गर्न नमिल्ने भएपछि विद्यार्थी विद्यालयमा उपस्थित नभएपछि बन्द गरिएको हो। पढ्न आउने विद्यार्थी बाटो अवरुद्ध हुँदा समस्यामा परेको स्थानीयले बताएका छन्। बाटो अवरुद्ध हुँदा विद्यार्थीलाई मात्रै नभएर दैनिक आवतजावत गर्ने यहाँका स्थानीयलाई समेत समस्या भएको छ।

शिक्षक पेमाथुकेतकाअनुसार विद्यालयको माथि पट्टिको भाग पनि जोखिमयुक्त हुँदा विद्यालय नै बन्द गर्नु परेको छ।

प्रकाशित: ३० भदौ २०८१ ९:५४ | Sunday, September 15, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + 19 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast