हवाई भाडामा सहुलियत दिन प्रधानमन्त्री ओलीको अपिल

हिमाल प्रेस १३ असोज २०८१ १२:४९ | Sunday, September 29, 2024
हवाई भाडामा सहुलियत दिन प्रधानमन्त्री ओलीको अपिल केपी ओली । फाइल तस्बिर

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले एयरलाइन्सहरुलाई सहुलियत मूल्यमा भाडा लिन अपिल गरेका छन्। उनले आइतबार सामाजिक सञ्जालमार्फत यस्तो आग्रह गरेका हुन्।

ओलीले फेसबुकमा लेखेका छन्, ‘हवाई सेवा दिँदै आएका एयरलाइन्सहरूलाई यस्तो विपत्तिको समयमा यात्रुहरुसँग पहिले भन्दा सहुलियत मूल्यमा या पहिलेकै दरमा भाडा लिएर सहयोग गर्नुहुन अनुरोध छ।’

ओलीले लगातारको वर्षा र बाढी पहिरोले सडक यातायात अवरुद्ध हुँदा अत्यावश्यक यात्रामा अप्ठेरो परेको उल्लेख गरेका छन्। यस्तो बेला हवाई भाडा अरु बेला भन्दा महँगो भएको गुनासो सामाजिक सञ्जालमा सुनिएपछि यस्तो आग्रह गरिएको हो।

ओलीले नेपाल सरकार पर्यटन मन्त्रालयले पनि हवाई यात्रु र उद्धार उडानका लागि विशेष निर्णय गरेको ओलीले स्मरण गराएका छन्।

प्रकाशित: १३ असोज २०८१ १२:४९ | Sunday, September 29, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − 10 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast