काठमाडौँ- सरकारले स्थानीय तहको उपनिर्वाचन मंसिर १६ मा गर्ने भएको छ। आज (आइतबार) बसेको मन्त्रिपरिषद् बैठकले उपनिर्वाचनको मिति तोकेको हो।
आज नै आयोगका पदाधिकारीहरूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर उपनिर्वाचनको मिति मंसिर १६ गते तोक्न सुझाव दिएका थिए।
निर्वाचन आयोगका अनुसार स्थानीय तहमा तीन पालिका प्रमुखसहित ३९ पद रिक्त छ।
प्रकाशित: ३० भदौ २०८१ १९:१३ | Sunday, September 15, 2024
प्रतिक्रिया





