सैनिक तालिम महानिर्देशनालयको महानिर्देशकमा रपरथी शाह नियुक्त

हिमाल प्रेस २७ भदौ २०८१ १३:५८ | Thursday, September 12, 2024
सैनिक तालिम महानिर्देशनालयको महानिर्देशकमा रपरथी शाह नियुक्त

काठमाडौँ- प्रधानसेनापति अशोकराज सिग्देलले उपरथी दर्जामा पदोन्नति भएका सहायक रथी ध्रुवप्रकाश शाहलाई दर्ज्यानी चिह्न प्रदान गरेका छन्। जंगीअड्‌डामा बिहीबार आयोजित एक कार्यक्रममा शाहलाई दर्ज्यानी चिह्न प्रदान गरिएको हो।

पदोन्नतिसँगै उपरथी शाह सैनिक तालिम महानिर्देशनालयको महानिर्देशकमा नियुक्त भएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ।

प्रधानसेनापतिले सोही अवसरमा सहायक रथी दर्जामा पदोन्नति भएका महासेनानी अनुप अधिकारीलाई सहायक रथी दर्जाको दर्ज्यानी चिह्न एवं महासेनानी दर्जामा पदोन्नति भएका प्राविधिक डेन्टिस्ट प्रमुख सेनानी डा। रिवाज कार्कीलाई महासेनानी दर्जाको दर्ज्यानी चिह्न प्रदान गरे।

प्रकाशित: २७ भदौ २०८१ १३:५८ | Thursday, September 12, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − fifteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast