सुनको मूल्यमा सामान्य गिरावट

हिमाल प्रेस १ असोज २०८१ ११:२८ | Tuesday, September 17, 2024
सुनको मूल्यमा सामान्य गिरावट

काठमाडौँ- स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोलामा छ सय रुपैयाँले घटेको छ। सोमबार हालसम्मकै उच्च विन्दुमा पुगेको सुनको मूल्यमा सामान्य गिरावट भएको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन सोमबार प्रतितोला एक लाख ५७ हजार तीन सयमा कारोबार भएकामा सोही परिमाणको पहेँलो धातुको मोल आजका लागि एक लाख ५६ हजार सात सय निर्धारण भएको छ।

यसैगरी, चाँदीको मूल्य तोलामा १० ले घटेको छ। सोमबार प्रतितोला एक हजार नौ सय १५ मा खरिदबिक्री भएको चाँदी आजका लागि भने एक हजार नौ सय पाँच निर्धारण भएको छ।

प्रकाशित: १ असोज २०८१ ११:२८ | Tuesday, September 17, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + fifteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast