काठमाडौँ- अन्तर्राष्ट्रिय बजारमा लगातार उकालो लागेपछि सुनको मूल्य स्थानीय बजारमा पनि हालसम्मकै उच्च विन्दुमा पुगेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि निर्धारण गरेको सुनको मूल्य हालसम्मकै उच्च हो।
तोलामा तीन सयले वृद्धि भएपछि सुनको मूल्यमा नयाँ कीर्तिमान कायम भएको हो। बुधबार प्रतितोला एक लाख ६० हजार ४०० मा कारोबार भएको छापावाला सुन आजका लागि भने एक लाख ६० हजार ७०० निर्धारण भएको छ।
त्यस्तै, चाँदीको मूल्य स्थिर छ। बुधबार प्रतितोला एक हजार ९५५ मा कारोबार भएको चाँदीको मूल्य आजका लागि पनि समान नै निर्धारण भएको छ।
प्रकाशित: १० असोज २०८१ ११:२३ | Thursday, September 26, 2024
प्रतिक्रिया




