सुनको भाउ हालसम्मकै उच्च

हिमाल प्रेस २६ भदौ २०८१ ११:१२ | Wednesday, September 11, 2024
सुनको भाउ हालसम्मकै उच्च

काठमाडौँ- नेपाली बजारमा आज सुनको भाउले नयाँ रेकर्ड कायम गरेकाे छ। चार दिन अगाडि प्रतितोला एक लाख ५३ हजार तीन सय रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला एक लाख ५३ हजार चार सय रुपैयाँ पुगेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५३ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार छापावाल सुन प्रतितोला एक लाख ५२ हजार चार सय रुपैयाँमा कारोबार भएको थियो।

मंगलबारको तुलनामा बुधबार सुनको भाउ प्रतितोला एक हजार रुपैयाँ बढेको हो।

बुधबार चाँदीको भाउ पनि अघिल्लो दिनको तुलनामा बढेको छ। यस दिन चाँदीको भाउ प्रतितोला एक हजार सात सय ८० रुपैयाँ पुगेको महासंघले जानकारी दिएको छ।

शुक्रबार चाँदी प्रतितोला एक हजार सात सय ६५ रुपैयाँमा कारोबार भएको थियो। यो भाउ अघिल्लो दिनको तुलनामा प्रतितोला १५ रुपैयाँ बढेको हो।

प्रकाशित: २६ भदौ २०८१ ११:१२ | Wednesday, September 11, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast