‘सानो संसार’ ट्रेलरः मध्यमवर्गीय परिवारको संघर्ष 

हिमाल प्रेस २६ भदौ २०८१ १२:४७ | Wednesday, September 11, 2024
‘सानो संसार’ ट्रेलरः मध्यमवर्गीय परिवारको संघर्ष 

काठमाडौँ-  फिल्म ‘सानो संसार’ ट्रेलर सार्वजनिक भएको छ। दुई मिनेट ५३ सेकेन्डको ट्रेलर मध्यमवर्गीय परिवारको संघर्ष  प्रस्तुत गरिएको छ।

पारिवारिक तथा सामाजिक कथावस्तुमा बनेको फिल्ममा कलाकार सीतादेवी तिमल्सिना राज पंगेनी शर्मा, अनु दाहाल, अन्जसा रिजाल शिशिर सिवाकोटी, सरिता भण्डारी र जीवन गौतमको अभिनय छ।

आगामी असोज ११ देखि प्रदर्शन हुने फिल्मका लेखक तथा निर्देशक सिद्धार्थ पुडासैनी हुन्। यो पुडासैनीको डेब्यु फिल्म हो। फिल्मको कथा लेखनमा उनलाई सरिष्मा खत्रीले सघाएकी छन्।

प्रवीण खड्काले छायांकन गरेको फिल्म रोमी तन्डुकारले सम्पादन गरेका छन्। अर्जुन कुमार निर्माता रहेको फिल्म राजधानी मिडिया एड प्रोडक्सन र प्रिन्सेस मूभिजको ब्यानरमा बनेको छ।

फिलमका निर्माता अर्जुन कुमार हुन्। माधव वाग्ले कार्यकारी निर्माता रहेको फिल्म राजधानी मिडिया एड प्रोडक्सन र प्रिन्सेस मूभिजको ब्यानरमा निर्माण भएको छ।

प्रकाशित: २६ भदौ २०८१ १२:४७ | Wednesday, September 11, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast