 श्री राष्ट्रिय रमणीय आदर्श विद्यालय शिवसताक्षी, झापाकी पुरस्कृत बालविकास शिक्षक रेणुका खतिवडा ।
                             श्री राष्ट्रिय रमणीय आदर्श विद्यालय शिवसताक्षी, झापाकी पुरस्कृत बालविकास शिक्षक रेणुका खतिवडा ।
                                            काठमाडौँ- शिक्षा विकास तथा समन्वय एकाइमार्फत् वितरण गरिने राष्ट्रिय शिक्षा दिवस-२०८० र राष्ट्रिय शिक्षा दिवस २०८१ का अवसरमा छवटा प्रदेशका सातजना प्रारम्भिक बालविकास सहजकर्ता (ईसीडी शिक्षक) पुरस्कृत भएका छन्।
राष्ट्रिय शिक्षा दिवस २०८१ को अवसरमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले बुधबार एक कार्यक्रममार्फत सामुदायिक विद्यालयका सात ईसीडी शिक्षकलाई राष्ट्रिय शिक्षा पुरस्कार दिएको हो।
पुरस्कृत हुने शिक्षकहरूमा श्री राष्ट्रिय रमणीय आदर्श विद्यालय शिवसताक्षी झापा (कोशी प्रदेश) की रेणुका खतिवडा, श्री कृष्ण प्रणामी सा.प्रा.वि नजरपुर रौतहट (मधेश प्रदेश) की रन्जु दाहाल, श्री यन्दायणी मावि पञ्चकन्या १ बानियाँटारकी विन्दा गजुरेल (बागमती प्रदेश) श्री सूर्य विनायक मावि लमही दाङ (लुम्बिनी प्रदेश) की कान्छु चौधरी रहेका छन्।
त्यसैगरी अन्य ईसीडी शिक्षकहरूमा जनजागृत प्रावि पदमपुर वीरेन्द्रनगर–१२ सुर्खेत (कर्णाली प्रदेश) की सीताकुमारी पौडेल, श्री नारायण प्रावि, डुङ्गेश्वर गाउँपालिका–५ दैलेख (कर्णाली प्रदेश) की विष्णुकुमारी राना र श्री शैलेश्वरी मावि हिमाली गाउँपालिका–४ फैती बाजुरा (सुदूरपश्चिम) की पूर्वा मल्ल रहेका छन्।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 