साझा प्रकाशनको प्रदर्शनीमा ४ रुपैयाँ २५ पैसादेखि २८ सय रुपैयाँसम्मका पुस्तक

हिमाल प्रेस १ असोज २०८१ १७:२३ | Tuesday, September 17, 2024
साझा प्रकाशनको प्रदर्शनीमा ४ रुपैयाँ २५ पैसादेखि २८ सय रुपैयाँसम्मका पुस्तक

काठमाडौँ- साझा प्रकाशनले पठन संस्कृति विकास गर्ने उद्देश्यले विशेष पुस्तक प्रदर्शनी आयोजना गरेको छ। प्रदर्शनीको मंगलबार साझा प्रकाशन प्राज्ञिक सल्लाहकार समितिका संयोजक डा. तुलसीप्रसाद भट्टराईले उद्घाटन गरेका हुन्।

प्रदर्शनी साझा प्रकाशनको केन्द्रीय कार्यालय पुलचोक ललितपुर र देशभरका सम्पूर्ण बिक्रीकक्षमा असोज १५ गतेसम्म रहनेछ। दसैँ तिहार, छठ तथा ल्होसारका अवसरमा हुने बिदाका लागि सदुपयोग गर्न उपयोगी हुने भएकाले प्रदर्शनीस्थलसम्म आई पुस्तक खरिद गर्न सजिलो हुने प्रकाशनका निमित्त महाप्रबन्धक भेषराज घिमिरेले बताए।

प्रदर्शनीस्थलमा ४।२५ रुपैयाँ मूल्यदेखि २८ सय रुपैयाँसम्मका पुस्तक राखिएका छन्। टेकबहादुर खत्रीको ‘पञ्चायत आज’ को मूल्य रु ४।२५, पं. ऋषभदेव शास्त्रीको ‘व्याकरणको दन्त्यकथा’ रु ६।५० छ भने नीलमणि ढुंगानाको ‘व्युत्पत्तिमूलक संस्कृत-नेपाली शब्दकोश’ को मूल्य २८ सय रुपैयाँ छ।

प्रदर्शनीमा नेपाली भाषा प्रकाशिनी समितिबाट प्रकाशित श्रीमद्भागवत महापुराणको नवीन संस्करण, वेदपुराणका रत्नहरूलगायत विभिन्न शीर्षकका कृति राखिएका छन्।

प्रदर्शनीमा २० देखि ८० प्रतिशत छुटमा पुस्तक खरिद गर्न सकिने घिमिरेले बताए।साथै नेपाल प्रज्ञाप्रतिष्ठान, सिनासलगायत प्रकाशक तथा व्यक्तिगत प्रकाशनका पुस्तक पनि प्रदर्शनीमा राखिएका छन्। पुस्तक प्रदर्शनी हरेक दिन बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म सञ्चालन हुनेछ।

प्रकाशित: १ असोज २०८१ १७:२३ | Tuesday, September 17, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast