सहकारी ठगी प्रकरण : पूर्वडीआईजी छविलाल जोशीलाई पाँच दिन हिरासतमा राख्न अनुमति

हिमाल प्रेस ७ असोज २०८१ १६:२३ | Monday, September 23, 2024
सहकारी ठगी प्रकरण : पूर्वडीआईजी छविलाल जोशीलाई पाँच दिन हिरासतमा राख्न अनुमति जिल्ला अदालत कास्की

पोखरा-  सहकारीको रकम अपचलन कसूरमा पक्राउ परेका पूर्व डीआईजी छविलाल जोशी ५ दिन हिरासतमा रहने भएका छन्। कास्की जिल्ला अदालतले ५ दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला प्रहरीलाई अनुमति दिएको हो। सोमबार न्यायाधीश चन्द्रकान्त पौडेलको इजालासबाट उक्त म्याद थप भएको हो।

विभिन्न सहकारीबाट गोर्खा मिडियामा गएको ६५ करोड रुपैयाँभन्दा बढी रकम अपचलन गरेको कसूरमा उनको पनि संलग्नता देखिएपछि आइतबार उनी काठमाडौंमा पक्राउ परेका थिए।

पूर्व डीआईजी जोशी गोर्खा मिडियाका पूर्व संचालक हुन्। उनलाई आइतबार राति नै बुद्ध एयरमार्फत पोखरा ल्याएर सोमबार जिल्ला अदालत उपस्थित गराइएको हो।

प्रकाशित: ७ असोज २०८१ १६:२३ | Monday, September 23, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast