सहकारी ठगी प्रकरण : छविलाल जोशीलाई गैरकानुनी थुनामा राखिएको भन्दै सर्वोच्चमा निवेदन

हिमाल प्रेस १४ असोज २०८१ १२:१९ | Monday, September 30, 2024
सहकारी ठगी प्रकरण : छविलाल जोशीलाई गैरकानुनी थुनामा राखिएको भन्दै सर्वोच्चमा निवेदन छविलाल जोशी

काठमाडौँ- गोर्खा मिडियामा विभिन्न सहकारीको रकम अपचलन गरेको आरोपमा पूर्वडीआईजी छविलाल जोशीलाई गैरकानुनी थुनामा राखिएको भन्दै बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता भएको छ।

छविलाल जोशीका कारण रोचक जोशीले उनलाई थुनामुक्त माग गर्दै आइतबार नै निवेदन दर्ता भएको हो। मुद्दाको पेसी भने आज सोमबार न्यायाधीश तीलप्रसाद श्रेष्ठको इजलासमा तोकिएको छ।

जोशी पोखराको सूर्यदर्शन सहकारी संस्थाको रकम अपचलन मुद्दामा अनुसन्धानका लागि पक्राउ परेका हुन्। जिल्ला सरकारी वकिलको रोहवरमा उनको बयान पोखरामा सक्किसकेको छ। प्रहरीले उनीमाथि थप अनुसन्धान गरिरहेको जनाएको छ।

संसदीय छानबिन विशेष समितिले बुझाएको प्रतिवेदनमा जोशीलाई कारबाही गर्न सिफारिस गरिएको थियो। सोही प्रतिवेदन यही असोज ४ गते मन्त्रिपरिषद् बैठकले कार्यान्वयन गर्ने निर्णय गरेको थियो। सरकारले उक्त प्रतिवेदनअनुसार कारबाही गर्न गृहमन्त्रालयलाई सिफारिस गरेको थियो। त्यसलगत्तै जोशी पक्राउ परेका थिए।
जोशी गोरखा मिडिया नेटवर्कका सञ्चालकमध्येका एक हुन्।

संसदीय छानबिन समितिले जोशीसँगै पूर्वगृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, गोर्खा मिडियाका अध्यक्ष जीबी राईलाई पनि कारबाहीको सिफारिस गरेको थियो। जीबी फरार छन्।

प्रकाशित: १४ असोज २०८१ १२:१९ | Monday, September 30, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast