स्वर्णीम वाग्ले । फाइल तस्बिर
काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा. स्वर्णीम वाग्लेले पार्टी सभापति रवि लामिछानेले सहकारीको रकम दुरुपयोगका सम्बन्धमा क्लिन चिट पाएको दाबी गरेका छन्। आज सोमबारको प्रतिनिधिसभा बैठकपछि संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँगको कुराकानीमा उनले लामिछानेले यसप्रकरणमा क्लिन चिट पाएको बताएका हुन्।
‘रवि लामिछानेजीले त आज क्लिन चिट पाउनुभएको छ मूल आरोपबाट। अब ठूला पार्टीमा ठूलै पद ओगटेर बसेका वास्तविक ठगहरू योबाट उजागर भएको छ’, वाग्लेले भने,‘अन्तत्वगत्वा संसदीय समितिले देशको भलो हुने काम नै गरेको जस्तो लागेको छ।’
प्रकाशित: ३१ भदौ २०८१ १६:२० | Monday, September 16, 2024
प्रतिक्रिया



