सहकारीमा खाता, धितो, ऋणीदेखि सम्बन्ध विच्छेद पनि ‘फेक’

हिमाल प्रेस ३१ भदौ २०८१ १५:३९ | Monday, September 16, 2024
सहकारीमा खाता, धितो, ऋणीदेखि सम्बन्ध विच्छेद पनि ‘फेक’ सूर्य थापा

काठमाडौँ– सहकारीको रकम अपचलन सम्बन्धी संसदीय विशेष समितिले प्रतिनिधिसभामा प्रतिवेदन बुझाएको छ। प्रतिनिधिसभाको आज सोमबारको बैठकमा समितिका संयोजक सूर्य थापाले समितिको अन्तिम प्रतिवेदन प्रस्तुत गरे।प्रतिवेदन प्रस्तुत गर्दै संयोजक थापाले कार्यादेशमा केन्द्रीत भई सहकारी छानविनको काम गरेको बताए।

छानबिनका क्रममा सहकारीमा धेरै कुरा फेक देखिएको बताएका छन्। ‘नक्कली सम्बन्ध बिच्छेद, नक्कली ऋणी, नक्कली धितो, नक्कली खाता, नक्कली परीक्षण देखिएको र कानुनविपरीतको काम गरेर सहकारीको विश्वनियता कमजोर पार्ने काम भएका छन्’, थापाले भने ।

उनले सहकारी अपचलनमा संलग्नलाई समेत समितिमा हाजिर गराएर सत्य खोजिएको बताए। ४० वटा सहकारीको वित्तीय विश्लेषण गरेको भन्दै सरकारलाई आवश्यक सुझाव र थप छानविनका साथै कारवाहीको सिफारिस गरिएको जानकारी दिए

संयोजक थापाले समितिको छानबिनमा सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरे। प्रतिवेदन प्राप्त भएपछि सभामुख देवराज घिमिरेले कार्यान्वयनका लागि सरकारसमक्ष पठाउने व्यवस्था गर्न संसद सचिवालयलाई निर्देशन दिए। सहकारी बचत रकम दुरुपयोग सम्बन्धमा छानविन गर्न प्रतिनिधिसभाले जेठ १५ गते छानबिन समिति गठन गरेको थियो।

प्रकाशित: ३१ भदौ २०८१ १५:३९ | Monday, September 16, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast