सर्वनाममा आजदेखि ‘भिक्षाम् देहि’ मञ्चन

हिमाल प्रेस १८ भदौ २०८१ ११:४६ | Tuesday, September 3, 2024
सर्वनाममा आजदेखि ‘भिक्षाम् देहि’ मञ्चन

काठमाडौँ- कालिकास्थानस्थित सर्वनाम थिएटरमा आज (भदौ १८) देखि नाटक ‘भिक्षाम् देहि’ मञ्चन हुने भएको छ।

अशेष मल्लको लेखन रहेको नाटक थिएटरका २० औं ब्याचका प्रशिक्षार्थी समूहले निर्देशन गरेका हुन्। निर्माण टिमका अनुसार नाटक ध्यानाभिनय सिद्धान्त र मितव्ययी रंग दर्शनको अवधारणामा आधारित छ।हामी बाँचिरहेको समाजको प्रतिबिम्बको रुपमा नाटकलाई आजको समाज र राज्यका विकृत मनस्थिति अनि तिनका कुरूप व्यवहारप्रतिको चेतावनी र बौद्धिक मन्थन रहेको बताइएको छ।

मञ्चमा सञ्जय तिमिल्सिना, सञ्जय शाही, अभिशेक फुयल, अप्सना चौलागाईं, अजय पन्त, सौगात त्रिपाठी, प्रतिष्ठा अधिकारी, रञ्जित बस्नेत, असोक बन्जारा र आशिष चम्लागाईंले अभिनय गर्नेछन्।

नाटकमा अप्सना चौलागाईंको पोस्टर डिजाइन, प्रमिला कार्की उप्रेतीको कोरियोग्राफी, सेसेमी लिम्बुको संयोजन, प्रकाश परिकल्पना र परिचालनमा विध्यक तिलक र ध्वनि संयोजन र परिचालनमा उत्सव पौडेल रहनेछन्।

नाटक विहीबारबाहेक साताको प्रत्येक दिन साझँ ५ः३० बजे र शनिबार दिउसो १ बजेको अतिरिक्त सो हुनेछ। नाटक भदौ २४ सम्म मञ्चन हुनेछ।

प्रकाशित: १८ भदौ २०८१ ११:४६ | Tuesday, September 3, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast