सरकारद्वारा आठ विद्यालय कर्मचारी पुरस्कृत

हिमाल प्रेस ३ असोज २०८१ ९:५७ | Thursday, September 19, 2024
सरकारद्वारा आठ विद्यालय कर्मचारी पुरस्कृत

काठमाडौँ- राष्ट्रिय शिक्षा दिवसका अवसरमा आठजना विद्यालय कर्मचारीहरू पुरस्कृत भएका छन्। उनीहरूलाई सरकारले बुधबार आयोजित कार्यक्रममार्फत पुरस्कृत गरेको हो।

पुरस्कृत हुने सामुदायिक विद्यालयका कर्मचारीहरूमा हरिश्चन्द्र बास्तोला, शक्ति मावि, कास्की, केदार पौडेल, पोखरी मावि, तेह्रथुम, सानुकाजी श्रेष्ठ, आदर्श मावि, भक्तपुर रहेका छन्।

त्यसैगरी पुरस्कृत हुने अन्य कर्मचारीहरूमा विष्णु कुमारी थामी, पार्दी मावि, कास्की, सारदा रेग्मी, श्री मावि तुलसिपुर सेन्टर, दाङ, रुद्र भुजेल, पद्मोदय मावि, कैलाली, तपराज ओझा, सारदा मावि, डोटी रहेका छन्। विजयस्मारक मावि, डिल्लीबजार काठमाडौँका रुद्रबहादुर श्रेष्ठ पनि पुरस्कृत भएका छन्।

नेपाल विद्यालय कर्मचारी परिषद् राष्ट्रिय समिति अध्यक्ष गंगाराम तिवारीले उत्कृष्ट कर्मचारीलाई सरकारले सम्मान गर्नु महत्वपूर्ण रहेको बताए। उनले कर्मचारीका पेसागत समस्या, अकअधिकार, सेवासुविधामा निरन्तर लड्ने पनि बताए।

उक्त सेवासुविधाका लागि राजनीतिक दलका नेता तथा सांसदको ध्यानाकर्षण गराउने कार्य निरन्तर भइरहेको पनि अध्यक्ष तिवारीको भनाइ छ।

अध्यक्ष तिवारीले विद्यालय कर्मचारीलाई एक भएर आफ्नो सांगठनिक कार्यलाई थप चुस्तदुरुस्त गर्न अनुरोध गरेका छन्।

प्रकाशित: ३ असोज २०८१ ९:५७ | Thursday, September 19, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast