सरकारको न्यूनतम साझा कार्यक्रम शीर्ष नेतृत्वलाई हस्तान्तरण

हिमाल प्रेस २ असोज २०८१ २०:४३ | Wednesday, September 18, 2024
सरकारको न्यूनतम साझा कार्यक्रम शीर्ष नेतृत्वलाई हस्तान्तरण

काठमाडौँ- सरकारको न्यूनतम साझा कार्यक्रम सत्तारुढ दलका शीर्ष नेतृत्वलाई बुझाइएको छ। न्यूनतम साझा कार्यक्रम तयार पार्न गठित कार्यदलले बुधबार गठबन्धन सरकारको न्यूनतम साझा कार्यक्रम शीर्ष नेतृत्वलाई बुझाएको हो।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा कार्यदलले प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई संयुक्त रूपमा न्यूनतम साझा कार्यक्रम हस्तान्तरण गरेको हो।

सरकारको न्यूनतम साझा कार्यक्रममा संविधान संशोधन, सुशासन, आर्थिक समृद्धि, विकास, रोजगारीलगायतका विषयलाई प्राथमिकता दिइएको बताइएको छ।

कार्यदलमा कांग्रेसका तर्फबाट महामन्त्री गगन थापा र नेता प्रकाशमान सिंह र एमालेका तर्फबाट उपमहासचिवहरू प्रदीप ज्ञवाली र विष्णु रिमाल सदस्य थिए।

प्रकाशित: २ असोज २०८१ २०:४३ | Wednesday, September 18, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + twenty =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast