समाजमा गर्व गर्न लायक अनेकन धार्मिक सांस्कृतिक रीतिरिवाज र परम्परा छ : देउवा

हिमाल प्रेस ९ असोज २०८१ ६:५९ | Wednesday, September 25, 2024
समाजमा गर्व गर्न लायक अनेकन धार्मिक सांस्कृतिक रीतिरिवाज र परम्परा छ : देउवा सभापति शेरबहादुर देउवा । फाइल तस्बिर।

काठमाडौँ- नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले विविधताले भरिएको हाम्रो समाजमा गर्व गर्न लायक अनेकन धार्मिक सांस्कृतिक रीतिरिवाज र परम्परा रहेको बताएका छन्।

बुधबार जितिया पर्वका सन्दर्भमा शुभकामना सन्देशमार्फत् सभापति देउवा यस्तो बताएका हुन् । उनले जितिया पर्वको अवसरमा सम्पूर्ण थारू महिला दिदीबहिनीमा पार्टी र आफ्नो व्यक्तिगततर्फबाट सुख, शान्ति एवं समृद्धिको शुभकामना व्यक्त गरेका छन् ।

जितिया पर्वले जनजीवनमा गहिरो छाप र विशिष्ट पहिचान बनाएको सभापति देउवाको भनाइ छ। यो पर्व नेपालको तराईमा विशेष गरेर थारू महिलाले निराहर व्रत बसेर परिवारका सदस्यको स्वास्थ्य तथा दीर्घायुको कामना गर्दै मनाउने गरिन्छ।

सभापति देउवाले यो पर्वले सबैको घरपरिवारमा सुख, शान्ति र समृद्धिको वातावरण सिर्जना गर्दै आफ्ना धर्म, संस्कृति, रीतिरिवाज र परम्पराको संरक्षणमा लाग्न र सामाजिक सद्भाव अभिवृद्धि गर्न सबैलाई प्रेरित गर्न सकोस् भनी कामना गरेका छन्।

प्रकाशित: ९ असोज २०८१ ६:५९ | Wednesday, September 25, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast