सभामुख र दलका प्रमुख सचेतकबीचको छलफल निष्कर्षविहीन

हिमाल प्रेस ३० भदौ २०८१ १३:४८ | Sunday, September 15, 2024
सभामुख र दलका प्रमुख सचेतकबीचको छलफल निष्कर्षविहीन सभामुख घिमिरे। फाइल तस्बिर

काठमाडौँ- सभामुख देवराज घिमिरे र दलका प्रमुख सचेतक तथा सचेतकसँगको छलफल कुनै निष्कर्षमा नपुगी सकिएको छ। आज आइतबार प्रतिनिधिसभा बैठक सुरु हुनुअघि सभामुखले पाँच राष्ट्रिय दलका प्रमुख सचेतक तथा सचेतकसँग छलफल गरेका थिए।

भदौ १२ गतेको संसद् बैठकमा एमालेका सचिवसमेत रहेका सांसद योगेश भट्टराईले १० बर्से सशस्त्र युद्धकलाई माओवादीको सशस्त्र हिंसा भन्ने अभिव्यक्ति दिएका थिए।

माओवादीले उक्त शब्द संसद्‌को रेकर्डबाटै नहटाउँदासम्म संसद् चल्न नदिने बताएको छ। सभामुखले यही भदौ २६ गतेको बैठकमा हिंसा शब्द अभिलेखबाट नहटाउने बताएपछि माओवादी सांसदले संसद्‌मा अवरोध गरेका थिए।

आजको छलफलमा पार्टी संसदीय दलको बैठकमा माओवादी प्रमुख सचेतक हितराज पाण्डेले ब्रिफिङ गर्ने बताएका छन्।

‘खाली शब्दमा मात्रै कुरा होइन। यो समग्र जनयुद्धको भावसँग यो सम्बन्धित छ। हाम्रो दलले अवरोधलाई जारी गर्ने निर्णय भएको हो,’ छलफलपछि पाण्डेले सञ्चारकर्मीसँग भने, ‘फेरि पनि संसदलाई व्यवस्थित बनाउनुपर्छ र चलाउनुपर्छ भन्ने यहाँ कुरा भएको छ। यहाँ भएको विषयवस्तुलाई म आफ्नो दलमा लगेर राख्दैछु।’

सोहीकारण आज १ बजे डाकिएको बैठक अझै पनि सुरु भएको छैन। अहिले माओवादीका सांसदहरू छलफलमा जुटेका छन्। छलफल सभामुखले सदन अवरोध नगर्न गरेको अनुरोध केन्द्रित रहेको बताइएको छ।

प्रकाशित: ३० भदौ २०८१ १३:४८ | Sunday, September 15, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast