सभामुख घिमिरेले बोलाए प्रमुख दलका सचेतकलाई छलफलमा

हिमाल प्रेस ३० भदौ २०८१ १०:५७ | Sunday, September 15, 2024
सभामुख घिमिरेले बोलाए प्रमुख दलका सचेतकलाई छलफलमा सभामुख देवराज घिमिरे।

काठमाडौँ- बिनाअवरोध सदन सञ्चालन गर्न सभामुख देवराज घिमिरले प्रतिनिधिसभामा प्रतिनिधित्व गरेका प्रमुख दलका प्रमुख सचेतक र सचेतकलाई छलफलमा बाेलाएका छन्।

संसद्का प्रवक्ता एकराम गिरिका अनुसार सभामुखले आज बिहान ११ बजे हुने बैठकमा नेपाली कांग्रेस, नेकपा एमाले, प्रमुख विपक्षी दल माओवादी केन्द्र तथा प्रतिपक्षी दलद्वय राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक तथा सचेतकलाई छलफलमा आमन्त्रण गरेका हुन्।

यही भदौ १२ गतेको प्रतिनिधिसभा बैठकमा एमालेका सांसद योगेश भट्टराईले प्रयोग गरेको ‘हिंसा’ शब्दप्रति विमति जनाउँदै माओवादी केन्द्रका सांसदले उक्त शब्द संसद्को अभिलेखबाट हटाउन माग गरेका थिए।

सभामुखले यही भदौ २६ गतेको बैठकमा हिंसा शब्द अभिलेखबाट नहटाउने बताएपछि माओवादी सांसदले संसद्मा अवरोध गरेका थिए।

उक्त पार्टीका सांसदले आजको बैठकमा पनि अवरोध गर्ने घोषणा सार्वजनिक गरेपछि निकासका निम्ति सभामुखले बैठक बोलाएका हुन्। प्रतिनिधिसभाको आजको बैठक अपराह्न १ बजेका निम्ति आह्वान गरिएको छ।

प्रकाशित: ३० भदौ २०८१ १०:५७ | Sunday, September 15, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + fifteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast