संसद् बैठक स्थगित

हिमाल प्रेस ३० भदौ २०८१ १६:२४ | Sunday, September 15, 2024
संसद् बैठक स्थगित प्रतिनिधिसभा।

काठमाडौँ– प्रतिनिधिसभाको बैठक स्थगित भएको छ। आइतबारका लागि तय भएको बैठक प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले अवरुद्ध पार्ने निर्णय गरेसँगै सभामुख देवराज घिमिरेले बैठक स्थगित गरेका हुन्।

संघीय संसद् सचिवालयका अनुसार अब बैठक सोमबार दिउँसो १ बजे बस्नेछ। यसअघि आइतबार दिउँसो १ बजेका लागि तय भएको बैठक सहमति नजुटेकै कारण सवा ३ बजेसम्मका लागि स्थगित भएको थियो।

जनयुद्धलाई सभामुख देवराज घिमिरेले ‘हिंसा’ भनेर स्थापित गर्न खोजेको भन्दै प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले आपत्ति जनाउँदै आएको छ। गत बिहीबारको बैठकमा सभामुख घिमिरेले रुलिङ गर्दै हिंसा असंसदीय शब्द नभएको र रेकर्डबाट नहटाउने बताएका थिए।

त्यसमा माओवादी केन्द्रले आपत्ति जनाउँदै सभामुखको निर्णय स्वीकार नगर्ने भन्दै सदन अवरोध गरेको थियो। सोही विषयमा सहमति जुटाउन आइतबार बिहान सभामुख देवराज घिमिरेले प्रमुख सचेतकहरूको बैठक बोलाएका थिए। तर‚ बैठकमा पनि सहमति जुट्न सकेन।

भदौ १२ को प्रतिनिधि सभा बैठकमा एमाले सांसद योगेश भट्टराईले जनयुद्धलाई हिंसा भनेपछि सदनमा विवादको वातावरण सिर्जना भएको हो। यो विषयमा एमाले र माओवादी सांसद आम्नेसाम्ने भइरहेका छन्।

प्रकाशित: ३० भदौ २०८१ १६:२४ | Sunday, September 15, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast