संसद्को अधिवेशन ३१ गते अन्त्य गर्ने तयारी

हिमाल प्रेस २८ भदौ २०८१ १६:३२ | Friday, September 13, 2024
संसद्को अधिवेशन ३१ गते अन्त्य गर्ने तयारी प्रतिनिधिसभा।

काठमाडौँ- संसद्को चालु अधिवेशन भदौ ३१ गते रातिबाट लागू हुने गरी अन्त्य गर्ने तयारी भएको छ। सरकारले चालु अधिवेशन भदौ ३१ गतेदेखि अन्त्यका लागि तयारी गरिरहेको सरकारका एक मन्त्रीले जानकारी दिए।

त्यसअघि सोही दिन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा सम्बोधन गर्ने कार्यक्रम छ।

‘भदौ ३१ गते प्रधानमन्त्रीले प्रतिनिधिसभामा सम्बोधन गर्दै हुनुहुन्छ। त्यही दिन रातिबाट संसदको चालू अधिवेशन समेत अन्त्य हुने सम्भावना छ’, ती मन्त्रीले हिमालप्रेससँग भने।

संघीय संसद्अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभाको वर्षे अर्थात् बजेट अधिवेशन वैशाख २८ गते सुरु भएको थियो।

प्रकाशित: २८ भदौ २०८१ १६:३२ | Friday, September 13, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast