 गृह मन्त्रालय
                             गृह मन्त्रालय 
                                            काठमाडौँ- सहकारी ठगी छानबिन गर्न गठित विशेष संसदीय समितिले कारबाही सिफारिस गरेका व्यक्तिहरूमाथि कारबाही गर्न प्रहरीले अनुमति पाएको छ।
गृहमन्त्रालयले समितिको सुझाव तथा सिफारिसका आधारमा काम कारबाही अघि बढाउन प्रहरी प्रधान कार्यालयलाई निर्देशनात्मक पत्र लेखेको हो।
‘समितिले सरकारलाई बुझाएको प्रतिवेदनलाई मन्त्रिपरिषद्ले कार्यान्वयन गर्ने निर्णय गरिसकेको थियो,’गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले हिमालप्रेससँग भने,’सोहीअनुसार गृहमा पनि पत्र प्राप्त भएको थियो। गृहले आवश्यक कारबाही सुरु गर्न निर्देशन दिँदै प्रहरी प्रधान कार्यालयलाई सिफारिस गरेका छौँ।’
अब भने पूर्वगृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पनि अनुसन्धानमा तानिने भएका छन्। संसदीय छानबिन समितिले लामिछानेलाई गोर्खा मिडिया नेटवर्कमा आएको रकम खर्च गरेको कारण देखाउँदै कारबाहीका लागि सिफारिस गरेको थियो।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                             


 
  
  
  
  
  
  
  
  
  
 