 प्रधानमन्त्री तथा संवैधानिक परिषद्का अध्यक्ष केपी शर्मा ओली। फाइल तस्बिर।
                              प्रधानमन्त्री तथा संवैधानिक परिषद्का अध्यक्ष केपी शर्मा ओली। फाइल तस्बिर। 
                                            काठमाडौँ- संवैधानिक परिषद्को बैठक आज बस्दैछ। साँझ पाँच बजे परिषद्को बैठक बस्ने प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले जनाएको छ। प्रधानमन्त्री ओलीका प्रेस विज्ञ रामशरण बजगाईँका अनुसार बैठकमा नयाँ प्रधानन्यायाधीश सिफारिसको विषयमा छलफल हुनेछ।
हालका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले आगामी असोज २० गतेबाट उमेर हदको कारण अवकाश पाउँदैछन्। संविधानमा बहालवाला प्रधानन्यायाधीश अवकाश हुनुभन्दा एक महिनाअघि नै भावी प्रधानन्यायाधीश नियुक्तिको प्रक्रिया अघि बढाउनुपर्ने व्यवस्था छ।
बैठकमा विभिन्न संवैधानिक निकायमा रिक्त पदपूर्ती गर्ने विषयमा पनि छलफल हुने बताइएको छ।
परिषद्को बैठक कै लागि प्रधानमन्त्रीले ओलीले हिजो बिहीबार विपक्षी दलका नेता तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सत्तारुढ कांग्रेस सभापति शेरबहादुर देउवासँग छलफल गरेका थिए।
प्रधानन्यायाधीश, प्रतिनिधिसभाका सभामुख, उपसभामुख, राष्ट्रिय सभाका अध्यक्ष, विपक्षी दलका नेता परिषद्का सदस्य रहने संवैधानिक व्यवस्था छ।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 