‘संविधान निर्माणमा नेम्वाङको भूमिका उल्लेखनीय’

हिमाल प्रेस २६ भदौ २०८१ १५:०४ | Wednesday, September 11, 2024
‘संविधान निर्माणमा नेम्वाङको भूमिका उल्लेखनीय’ महेश बर्तौला

काठमाडौँ- प्रतिनिधिसभामा नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले संविधान निर्माणका क्रममा खेलेको भूमिका उल्लेखनीय भएको बताएका छन्।

स्व.नेम्वाङलाई संविधान निर्माणका साथै नेपालको संसदीय प्रणालीमा खेलेको भूमिका सबै नेपालीले सधैँ सम्झिरहने बताए।

प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा बोल्दै मुख्य सचेतक बर्तौलाले संविधानसभाका अध्यक्ष नेम्वाङको प्रथम स्मृति दिवसका दिनमा उनलाई स्मरण गर्दै नेपालको संविधान निर्माण र संसदीय व्यवस्थालाई सिर्जनात्मक तथा रचनात्मक भूमिका निर्वाह गरेकाे व्यक्तित्व गुमाउनु परेको बताए।

उनले भने,‘नेपालको संसदीय प्रणालीलाई जीवन्त राख्न र संविधान निर्माणका लागि खेल्नुभएको भूमिका नेपालीले सधैँ सम्झिने छन्।’

प्रकाशित: २६ भदौ २०८१ १५:०४ | Wednesday, September 11, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast