श्रीलंकाका नवनिर्वाचित राष्ट्रपतिलाई प्रचण्डको बधाई

हिमाल प्रेस ७ असोज २०८१ ११:२९ | Monday, September 23, 2024
श्रीलंकाका नवनिर्वाचित राष्ट्रपतिलाई प्रचण्डको बधाई पुष्पकमल दाहाल

काठमाडौँ- पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले श्रीलंकाको नवौँ राष्ट्रपतिको निर्वाचनमा ऐतिहासिक जित हासिल गरेकोमा अनुरा कुमारा दिसानायकेलाई बधाई दिएका छन्।

उनले सामाजिक सञ्जालमार्फत राष्ट्रपति दिसानायकेसहित उनले नेतृत्वको गरेको गठबन्धन नेशनल पिपुल्स पावर र उनको दल जेभीपीलाई बधाई दिएका हुन्।

अध्यक्ष प्रचण्डले भनेका छन्, ‘भ्रष्टाचार, आर्थिक संकट र भूराजनीतिक तनावको सही समाधानको रूपमा मार्क्सवादी नेता चयन गर्ने श्रीलंकाली जनतालाई म सलाम गर्छु । उहाँको कार्यकालमा नेपाल र श्रीलंकाबीचको सम्बन्ध थप सुमधुर हुने विश्वास लिएको छु।’

प्रकाशित: ७ असोज २०८१ ११:२९ | Monday, September 23, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast