फाइल तस्बिर
झापा- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले शिक्षा क्षेत्रमा भइरहेको विभेद अन्त्य गर्नुपर्ने बताएका छन्।
बाल दिवसका अवसरमा शनिबार बाल सञ्जाल भद्रपुर–७ द्वारा आयोजित ‘विद्यार्थीहरूसँग सांसद कार्यक्रम’ मा उनले सरकारी र निजी शिक्षाबीचको विभेद अन्त्य गरिनुपर्ने बताए।
‘अहिलेको शिक्षा नियमावलीका कारण भइरहेको विभेद अन्त्य गर्न अर्को ऐन संसद्मा छलफलकै क्रममा छ’,अध्यक्ष लिङ्देनले भने,‘बालबालिकाले दुई थरीको शिक्षा पाउने अवस्था अन्त्यका लागि आफ्नो तर्फबाट दत्तचित्त भएर लागिपर्ने प्रतिबद्धता जनाउँछु।’
सरकारी उदासीनताका कारण वर्तमान शिक्षा प्रणालीमा परिवर्तन हुन नसकेको बताउँदै उनले अबको पुस्ता नेपालमै बस्ने वातावरण बनाउन सोहीअनुसारको शिक्षा जरुरी रहेकामा जोड दिए।
प्रकाशित: ३० भदौ २०८१ ९:४१ | Sunday, September 15, 2024
प्रतिक्रिया



