‘शिक्षाको हक’मा खबरदारीका लागि अनेरास्ववियूले सडकमै पढ्यो संविधान

हिमाल प्रेस ३ असोज २०८१ १२:२५ | Thursday, September 19, 2024
‘शिक्षाको हक’मा खबरदारीका लागि अनेरास्ववियूले सडकमै पढ्यो संविधान

काठमाडौँ- आज संविधान दिवस। तर संविधान बनेको १० वर्ष पुग्दा समेत कार्यान्वयन कमजोर भएको भन्दै नेकपा एकीकृत समाजवादी निकट अनेरास्ववियूले खबरदारी गरेको छ। अनेरास्ववियूले मौलिक हकको भाग ३१ मा रहेको ‘शिक्षासम्बन्धी हक’को बाचन गरेर कार्यान्वयनमा जोड दिएको थियो।

अनेरास्ववियू पाटन क्याम्पस कमिटीले आयोजना गरेको कार्यक्रममा केन्द्रीय कार्यालय सदस्य नरेश न्यौपाने र मिलन राई, नेताहरु सुमन कार्की, सन्तोष महर्जन, समीर गौतम, मनिषा अधिकारी, एन्जिस प्रसाइँ र एटम विद्रोहसहितका विद्यार्थी नेताहरु उपस्थित थिए।

संविधानको भाग ३१ मा शिक्षासम्बन्धी हक छ। संविधानमा तोकिएको तर कार्यान्वयनमा नआएको भन्दै अनेरास्ववियुले खबरदारी गरेको हो।

प्रकाशित: ३ असोज २०८१ १२:२५ | Thursday, September 19, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast