शिक्षकलाई पूर्वशिक्षामन्त्री सुमनाले भनिन् : राजनीतिक दलको पछि होइन, आफ्नो जिम्मेवारी पूरा गरौं

हिमाल प्रेस ३ असोज २०८१ ११:४५
शिक्षकलाई पूर्वशिक्षामन्त्री सुमनाले भनिन् : राजनीतिक दलको पछि होइन, आफ्नो जिम्मेवारी पूरा गरौं शिक्षामन्त्री सुमना श्रेष्ठ। फाइल तस्बिर।

काठमाडौँ- पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले आफ्नो जिम्मेवारी पूरा गर्न शिक्षकलाई आग्रह गरेकी छन्। बुधबार राष्ट्रिय शिक्षा दिवस–२०८१ को सन्दर्भमा उनले उक्त आग्रह गरेकी हुन्।

उनले भनिन्,‘नेपाललाई शिक्षित बनाउने जिम्मेवारी वहन गर्नुभएका शिक्षकले आफ्नो कर्तव्य निष्ठाका साथ पूरा गरिदिनुहोला।’ साथै उनले दलगत राजनीतिबाट माथि उठ्न पनि शिक्षकलाई आग्रह गरेकी छन्।

उनले भनिन्,‘दलगत राजनीतिबाट माथि उठेर, हरेक विद्यार्थीको सिकाई स्तर उकासी समग्र देश विकासमा केन्द्रित भईदिनुहोला।’

उनले जीवनको हरेक क्षणमा शिक्षा रहेको बताउँदै ज्ञान प्रकृतिमा छ, संस्कृतिमा छ, भावनामा छ भनिन्। सोही कारण शिक्षाको खोजी जीवनभर जारी राख्न आग्रह गर्दै भनिन्,‘कहिले घरआँगनका शिक्षा लिनुहोला त कहिले इन्टरनेट मार्फत सित्तैमा पाईने edX कोर्स देखि coursera बाट शिक्षा लिनुहोला।’

प्रकाशित: ३ असोज २०८१ ११:४५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast